धितोपत्र बजारमा पछिल्लो समय सार्वजनिक निष्काशनमा ऋणपत्रको हिस्सा ह्वात्तै बढेको छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो आवको तुलनामा पाँच गुणा बढी रकमको ऋणपत्र बिक्री गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएको हो । बोर्डले आर्थिक वर्ष २०७७/७८ मा २३ वटा कम्पनीलाई ऋणपत्र जारी गर्ने अनुमति दिएको छ ।…