चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिना अर्थात जेठसम्मको अवधिमा १४ कम्पनीहरुले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ ) बिक्री गरी साढे १३ अर्ब रुपैयाँ संकलन गरेका छन् । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट २०७७ साउनदेखि २०७८ जेठसम्म बिक्री अनुमति लिएर यी कम्पनीले सर्वसाधारणमा शेयर बिक्री गरेका हुन् । समीक्षा अवधिमा पाँच वटा इन्स्योरेन्स कम्पनी, चार…