निषेधाज्ञाको समयमा अनलाईन माध्यमबाट हुने होम डेलिभरी र सुरक्षाको उपाय अपनाएर गरिने इकमर्श व्यवसायमा रोक नलगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला प्रशासनको निषेधाज्ञा आदेशले डिजिटल दुनियाँको हामेडेलिभरी र इकमर्स सेवालाई बन्देज लगाएको भन्दै भोज डिलका निकेत अग्रवालले दायर गरेको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय काठमाडौंको नाममा…