नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले 'जेन्यून' कर्जाका प्रस्तावलाई गम्भिर रुपमा अध्ययन गरी अघि बढाएर सहयोग गर्न बैंकहरुलाई आग्रह गरेका छन् । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैंकहरुले जोखिमलाई ध्यानमा राख्दै वास्तविक ऋणीलाई सहयोग गर्न आग्रह गरेका हुन् । आगामी आर्थिक वर्षको मौद्रिक नीति खुला भएर बनाउने बताउँदै गभर्नर अधिकारीले भने, “बैंकका साथीहरुले जोखिम धेरै लिनुस्…