"अर्थमन्त्री फेरिँदैमा सरकारको नीति फेरिनु भएन" भन्छन् नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश कुमार अग्रवाल । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले मेल्टिङ उद्योगको कच्चा पदार्थको भन्सार दरमा गरेको हेरफेरले समग्र उद्योगीहरुको मानसिकता कमजोर बनाएको उनी बताउँछन् । अर्घाखाँची सिमेन्ट, श्री स्टिलका साथै खाद्यान्न र प्लास्टिकजन्य सामाग्रीका उद्योग सञ्चालन गर्दै आएका अग्रवाल फलाममा…