मार्मा गाउँपालिका–२ घट्टेगढमा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि निर्धारित समय सीमाभित्रै काम सक्ने गरी जलविद्युत् निर्माणको काम भइरहेको हो । “विद्युत्को ड्याम, पावर हाउसलगायत क्षेत्रमा काम भइरहेको छ, कोरोनाको बेला पनि काम रोकिने अवस्था छैन”, माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका आयोजना म्यानेजर धर्मराज उपाध्यायले भने, “अहिले…