नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप्सहरुको प्रवद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास र रोजगारी सिर्जनामा काम गर्न ५० वटा स्टार्टअप/उद्योग व्यवसायहरू अघि बढाएको छ । महासंघले गठन गरेको स्टार्टअप्स एण्ड इनोभेसन समिति मार्फत नविन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप उद्योग व्यवसायहरुको व्यवसायिक सफलताका लागि समिति मातहत रहेको इन्भेष्टर फोरम मार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई…