देशभरकै विपन्नको उपचार काठमाण्डौं महानगरले गर्ने बालेनको घोषणा

काठमाडौँ महानगरले जुनसुकै पालिकाका अर्थात देशभर कै गरिव तथा असहायको निःशुल्क उपचार गर्ने भएको छ । काठमाण्डौं महानगरपलिकाका प्रमुख बलेन्द्र शाह (बलेन) ले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै सम्बन्धित वडाको सिफारिस लिएर आएमा जुनसुकै पालिकाका गरिव तथा असहायको निःशुल्क उपचार गरिने जानकारी दिएका हुन् । उनले महानगरसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध रहेको जानकारी दिएका…