आईपीओमा नयाँ रेकर्ड, जनरल इन्स्योरेन्समा ८ लाख बढीले गरे आवेदन

कोरोना संक्रमणका कारण फुर्सदिला बनेका आम नागरिकको आकर्षण शेयर बजारमा देखिएको छ । यस क्रममा प्राथमिक बजारमा शेयर आवेदन गर्नेहरुको संख्या अहिलेसम्मकै उच्च संख्या कायम भएको छ । जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण शेयर निष्काशन बन्द भएको दिन साँझसम्ममा ८ लाख १४ हजार १३० जनाले शेयर आवेदन गरेका छन् । बैंकहरुमा आस्वाबाट परेको आवेदन अझै…