उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतङ्कप्रति महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतङ्कप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । बुधबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको औपचारिक भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको गुनासो गरेको हो । महासंघका अध्यक्ष गोल्छाले जिल्लाका…