आयातमा पाँच भन्सारको ८२% धेरै हिस्सा, दर्जन नाकाबाट निर्यात शुन्य

देशभर सञ्चालनमा रहेका दुई दर्जन भन्दा बढी भन्सार नाकाहरुमध्ये ५ वटा नाकाबाट उच्चरुपमा वैदेशिक व्यापार हुँदै आएको छ । देशभित्र सञ्चालनमा रहेका कुल २९ नाकामध्ये मुख्य ५ नाकाबाट मात्रै ८२.६८ प्रतिशत आयात र ८७.९५ प्रतिशत निर्यात हुने गरेको छ । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०—८१ को ९ महीना अर्थात साउनदेखि चैतसम्मको अवधिमा…