विकल पौडेलविरुद्ध पुनः अर्को भ्रष्टाचार मुद्दा दायर, ६२ करोड गैरकानूनी सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध पुनः अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पौडेलको आम्दानी अस्वभाविक देखिएको भन्दै ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसहित बुधबार विशेष अदातलमा मुद्दा दायर गरेको हो । पौडेलले सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको अख्तियारको दाबी अभियोगपत्रमा उल्लेख गरिएको छ ।…