आर्थिक वृद्धि सम्बन्धी तथ्य तोडमोड गरिएकोमा तथ्याङ्क विभागको आपत्ति

केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिका सम्बन्धमा गलत प्रचार भएको र तथ्यको तोडमोड गरिएकामा आपत्ति जनाएको छ । विभागले आव २०७६/०७७ मा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान यसअघि नै सार्वजनिक गरेको सन्दर्भ जोड्दै सो बाहेक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा नल्याएको जनाएको छ ।  विभागले पछिल्ला केही दिनमा…