नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा नरोक्न तथा एटीएममा प्रशस्त नगद राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै बैंकहरूलाई एटीएम मेसिनमा पर्याप्त नगद राख्न र त्यसको निगरानीको व्यवस्था मिलाउन भनेको हो । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको अवस्थामा स्थानीय प्रशासनको आदेशको पालन गर्दै…