भदौ १६ गतेबाट हवाई सेवा नखुले आन्दोलनमा जाने वायुसेवा संचालकको चेतावनी

वायुसेवा संचालक संघले भदौ १६ गतेबाट हवाई सेवा संचालनमा नआए आन्दोलनमा जाने चेतावनी दिएको छ । भदौ १ गतेदेखि नियमित उडान सुचारु गर्ने तयारी गरिरहेका वायुसेवा संचालकहरुले सरकारले पूर्वघोषित मिति सार्दै भदौ १६ पुर्याएपछि उक्त मितिबाट पनि सेवा संचालनमा नआए आन्दोलनमा जाने घोषणा गरेका हुन् ।  गत सोमबारको मन्त्रिपरिषदको बैठकले भदौ १५ गतेसम्म हवाई सेवा…