नेपाल राष्ट्र बैंकले लघुवित्तीय संस्थाको आम्दानी कडाई गरेपछि अधिकांश संस्थाको नाफा घट्ने मात्र नभई लघुवित्त सञ्चालन गर्न नै समस्या हुनसक्ने अवस्था देखिएको छ। केन्द्रीय बैंकले १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने तथा सेवा शुल्कमा समेत कटौती गरेपछि अधिकांश लघुवित्तीय संस्था कसरी टिक्ने भन्ने अवस्थामा पुगेका हुन्। लघुवित्त संस्थाहरुले विपन्न वर्गलाई झनै पीडा दिने गरी व्यावसाय…