पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘डेटलाइन मिट’ गर्न मुस्किल, ६२ प्रतिशत काम सम्पन्न

तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को 'डेटलाइन' भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ । बन्दाबन्दीमा विमानस्थलको…