नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको एघारौं महिना अर्थात जेठ मसान्तसम्म मुलुकको स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १…