बैंकिङ कसुरमा फरार तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन्।। आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टिमले नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको डिआइजी शहकुल थापाले जानकारी दिए। २०७० सालमा परेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई उच्च अदालत पाटनले ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो। अदालतको सो फैसलापछि फरार रहँदै…