अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङ्गमा कार्यरत सि.डि.ई. जितेन्द्र राज शाक्यउपर २ करोड २५ लाख ४ हजार बिगो दाबी माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। शाक्य समेतको मिलेमतोमा १०५ वटा नक्कली कोटेशन बनाई पाँच करोडभन्दा बढी हिनामिना गरी अकूत सम्पत्ति आर्जन गरेकोले निजको सम्पत्ति समेत…