पुनकर्जा बैंककै तहबाट पाउने व्यवस्था गर्न व्यवसायीको माग

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले कोभिड प्रभावितका लागि घोषणा गरेको पुनकर्जा बैंककै तहबाट पाउने व्यवस्था मौद्रिक नीति मार्फत गर्नुपर्ने बताएका छन् । कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन बजारमा तरलता व्यवस्थापन गर्ने, उद्योगहरुलाई चलायमान बनाउन जतिसक्दो छिटो मौद्रिक नीति ल्याउनुपर्नेमा उनले जोड दिए । गोल्छाले सरकारले बजेट मार्फत घोषणा गरेको पुनरकर्जा ठूला मात्र नभई…