नेपाल स्टक एकसचेञ्ज (नेप्से) को संरचनात्मक सुधारका लागि विदेशी रणनीतिक साझेदार भित्र्याउन आवश्यक देखिएको छ। व्यवस्थापिका संसदको अर्थ समितिले गठन गरेको मुद्रा तथा पूँजी बजार अध्ययन उप समितिले नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि पूँजी र प्रविधि सहितको वैदेशिक रणनीतिक साझेदार ल्याउनुपर्ने सुझाव दिएको हो। रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उप–समितिको अध्ययन प्रतिवेदन अनुसार नेप्सेको स्वामित्वमा ख्याती…