चालु आर्थिक वर्षको अन्तिम महिना असारको पहिलो सातामा वाणिज्य बैंकहरुमा १८ अर्ब निक्षेप थपिएको छ । बैंकहरुको निक्षेपमा सुधार भएपनि कर्जा प्रवाह भने रोकिएको छ । लकडाउनका कारण लगभग तीन महिनासम्म आर्थिक क्रियाकलाप ठप्प हुँदा बैंकहरुको कर्जा प्रवाह विस्तार हुन सकेको छैन । तर लकडाउन खुकुलो हुँदै गएपछि बैंकहरुको कर्जा असुलीमा भने सुधार आएको छ…