नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउन पछि जेठ २५ गते आइतबार सुनचाँदीको मूल्य निर्धारण गरेको छ। दैनिक निर्धारण हुँदै सुनचाँदीको भाउ सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि बजार बन्द हुँदा साढे २ महिना पश्चात आएर महासंघले आइतबार तोकेको हो। महासंघले जेठ २५ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकेको छ।…