शहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय सम्बद्ध भवनमा नियमितरुपमा गरिनुपर्ने मर्मतसम्भार कार्य नै भइरहेको स्पष्ट गरेको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक शीतल निवासलाई अत्यावश्यक मर्मतसम्भार गर्दै राष्ट्रको सर्वोच्च संस्था राष्ट्रपति कार्यालयको दैनिक कार्य सञ्चालनलाई सहज तुल्याउन निरन्तर परिमार्जन गर्ने क्रममा आर्थिक वर्ष २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार काम भएको मन्त्रालयले जनाएको छ ।…