जनस्तरबाट समेत लकडाउन उलङ्घन हुने अवस्था सिजना हुने देखेपछि सरकारले लकडाउन खुकुलो बनाउने गृहकार्य थालेको छ। बुधबार मंगलबार विभिन्न निजी क्षेत्रका व्यवसायीक छाता संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको सरकारले बुधबार विज्ञहरुसँग लकडाउन खुकुलो बनाउने सम्बन्धमा छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बुधबार विज्ञहरुको सुझाव बमोजिम लकडाउन खुकुलो पारेर लैजाने सरकारको तयारी रहेको…