गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा गरेको छ । गृह मन्त्रालयको यही जेठ १८ गतेको निर्णयअनुसार सहसचिव, उपसचिव, प्रजिअ र सहायक प्रजिअ गरी ४४ कर्मचारीको सरुवा, काज र पदस्थापन गरिएको हो । मन्त्रालयले सोमबार जारी गरेको सार्वजनिक सूचना अनुसार काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णबहादुर कटुवाललाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ…