शेयर बजारमा प्रयोग हुने विभिन्न शब्दावलीमध्ये एक हो धूर्त फन्दा अर्थात बुल ट्रयाप। बुल ट्रयाप शेयर बजारमा क्रियाशिल ठूला लगानीकर्ताहरुले गर्ने एक चलखेल हो। शेयर बजारमा क्रियाशिल अल्पकालीन लगानीकर्ता वा भनौं एउटा चलाख समूहहरुको झुण्ड जसले आफ्नो सीमित उदेश्य पूरा गर्नका लागि कृतिम खरीद चाप सिर्जना गरि नाफा कमाउने उद्देश्यका साथ सूचक वा धितोपत्रको मूल्य…