नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानीको तनाव, अन्तर्राष्ट्रिय अनुगमनको प्रबल सम्भावना

वित्तीय अपराध र आतङ्कवादी गतिविधिसँग संलग्न आर्थिक क्रियाकलापको निगरानी गर्ने अन्तर्राष्ट्रिय कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स एफएटिएफले आगामी वर्ष नेपालको समीक्षा गर्दा नेपाल उक्त निकायको अनुगमनमा पुन: पर्नसक्ने चिन्ता प्रकट भएका छन्। उक्त समीक्षा अगावै कतिपय कानुनमा संशोधन र वित्तीय अपराधसँग जोडिएका भ्रष्टाचारका मुद्दाहरूमा ठोस प्रगति नभए नेपाल निगरानीमा पर्न सक्ने आकलन सरकार स्वयंको छ।…