पशुपति क्षेत्र विकास कोषले हयात रिजेन्सी होटलले ओगटेको आफ्नो १७ रोपनी जग्गाको समयअनुसार भाडा पाउनुपर्ने माग गरेको छ । होटलको सञ्चालक समितिसँग यस्तो माग गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । कोष सञ्चालक परिषद् अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले समयअनुसार न्याय हुने गरी भाडा उठाउने व्यवस्था गर्न निर्देशन…