अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन्। समृद्धि फाउण्डेशनद्वारा सोमबार आयोजित 'मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी' विषयक कार्यक्रममा उनले घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिए ।अर्थमन्त्री डा खतिवडाले भने, 'अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट साना व्यवसायमा…