देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको छ: प्रवक्ता श्रेष्ठ

0
Shares

नोटबजार 
काठमाडौं, १ बैशाख।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको बताउनुभएको छ।गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँरामा शनिबार आयोजित सिद्धगुफा मेला एवं सांस्कतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताउनुभएको हो ।

वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वलाई जनताले सरकारको नेतृत्व गर्न मात्र नभई देशको विकास र परिवर्तनको समेत नेतृत्व गर्न पठाएकाले सरकार त्यही दिशामा अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।

देशमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब आर्थिक क्रान्ति गर्ने बेला भएको भन्दै उहाँले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारबाट मात्र विकास र समृद्धि सम्भव हुने दाबी गर्नुभयो ।

सङ्घीय सरकार र प्रदेश सरकार बनेको एक वर्ष पूरा भएको तथा स्थानीय सरकार बनेको दुई वर्षमात्र पुग्न लागेको भन्दै प्रवक्ता श्रेष्ठले यो अवधि जनताले सोचेको जस्तो परिवर्तनका लागि पर्याप्त नभएको बताउनुभयो ।