पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले हिजो ल्याएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति राम्रो आएकोले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
शनिबार राजधानीमा आयोजीत एक विशेष साक्षात्कारमा बोल्दै पूर्व गभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्रपनि उत्साही भएको सुनाए । तर, निजी क्षेत्रले जति अपेक्षा गरेको थियो त्यो सबै पूरा नभएको उनको टिप्पणी छ ।
उनले भने,‘सबैले आशा गरेअनुसार नै नीति आएको छ। हुन त मौद्रिक नीतिमा सबैको अपेक्षा ठूलो थियो । सबै अपेक्षा पूरा हुने कुरा त भएन। तर, समग्रमा नीति राम्रै आएको छ ।’
साक्षात्कारमा बोल्दै उनले गभर्नर महाप्रसाद अधिकारी आफैं राष्ट्र बैंकमा लामो समय काम गरेर खारिएको व्यक्ति भएकोले पनि मौद्रिक नीति राम्रो ल्याउन सफल भएको प्रतिक्रिया दिए ।
उनले भने,‘जुन स्पिरिटमा यो मौद्रिक नीति ल्याईएको छ, यही स्पिरिटका साथ यसको कार्यान्वयन हुनुपर्छ । होईन भने जति राम्रो ल्याएपनि कार्यान्वयन नभए यसको अर्थ हुँदैन् । मौद्रिक नीतिमा खोट छैन। अब यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि राष्ट्र बैंकले तत्काल एउटा टास्क–फोर्स गठन गर्नुपर्छ । र, यहीमार्फत मनिटरिङ गर्नुपर्छ ।’
प्रतिक्रिया