शिखर इन्स्योरेन्सको ३०% हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

शिखर इन्स्योरेन्स कम्पनीले गत असार १४ गते बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदलन गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेको थियो।

हकप्रदमा २०७७ साउन ४ आइतबारसम्म आवेदन गर्न पाइनेछ । हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन १२ गते सोमबारसम्म कायम यस इस्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

हाल १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।