अनलाइनको कमाल, डेढ मिनेटमा ९ करोड बढीको शेयर कारोबार


सोमबार शेयर बजारमा डेढ मिनेटको अवधिमा ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । बजार खुलेको ५३ सेकेण्डमा पहिलो पटक सर्किट लागेको बजार २० मिनेटपछि खुलेर फेरि ४२ सेकेण्डमा दोस्रो पटक सर्किट लागेको छ ।

अनलाइन प्रणालीका सम्बन्धमा हुँदै आएका विभिन्न टीकाटिप्पणीका बीच सोमबार भने छोटो समयमा धेरै शेयर कारोबार हुन सक्नुको कारक पनि अनलाइनलाई नै मान्न सकिन्छ ।

२ पटकको सर्किट अवधिमा १२२ कम्पनीका २ लाख २३ हजार ६९६ कित्ता शेयरहरु ८६४ पटक किनबेच हुँदा ९ करोड १९ लाख ४२ हजार रुपैयाँको कारोबार भयो ।

यो तीब्र गतिको बढोत्तरी तथा कारोबार कूल १ मिनेट ३५ सेकेण्ड भित्र भएको हो । यो अवधिमा बजार परिसूचक नेप्से ७४.०२ अंकले बढेर १५५३.०६ अंकमा उक्लिएको छ ।

अब १२ बजेपछि खुल्ने बजारले कुन गति लिन्छ त्यो भने हेर्न बाँकी छ ।

Top 10 Stocks By Turnover

Symbol Turn Over LTP
As of 2020-07-20 11:21:35
NICA 17,721,100.00 652.00
NMB 14,808,263.00 490.00
NRIC 10,661,260.00 618.00
NBL 4,486,069.00 296.00
HDL 3,768,770.00 1,779.00
SANIMA 3,738,830.00 397.00
NABIL 3,578,748.00 930.00
NCCB 3,146,780.00 221.00
NLIC 2,492,500.00 1,460.00
MEGA 2,065,417.00 269.00