रिलायबल नेपाल लाइफले ६० करोडको आईपीओ जारी गर्ने

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीको दोश्रो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गर्दैछ । साधारण सभा साउन ११ गते आइतबार होटल मेरियट, नक्साल, काठमाडौँमा दिनको १ बजे हुँदैछ।

सभाले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने लगायत सञ्चालक समितिको व्यवस्था, सुविधा परिमार्जनका साथै सञ्चालक समितिको निर्णय बमोजिम प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संसोधन गर्ने प्रस्ताव पारित गर्दैछ।

यस्तै लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५ असार मसान्तम्मको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने लगायतका अन्य एजेण्डाहरु रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।