शिखर इन्स्योरेन्सको ८७ हजार ४१२ कित्ता शेयर लिलामीमा

0
Shares

शिखर इन्स्योरेन्स कम्पनीले गत असार १४ गतेदेखि खुला गरेको हकप्रदमा बिक्री नभएको ८७ हजार ४१२ कित्ता शेयर लिलामी गर्ने भएको छ ।

कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेन् ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । जसमा कम्तिमा ५० कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । अहिले दोस्रो बजारमा शिखरको शेयर प्रतिकित्ता १२४३ रुपैयाँ हाराहारी छ ।

लिलामीको शेयरमा २०७७ साउन २१ गतेदेखि २८ गतेसम्म आवेदन गर्न पाइनेछ। इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लिलामी शेयरमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु तथा ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङ मार्फत आवेदन दिन सकिनेछ ।

हाल १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रदपछि १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।