एनएमबि बैंकले सञ्चालन गर्यो निःशुल्क स्वास्थ्य जाँच शिविर


एनएमबि बैंकले विश्व मुटु दिवस, २०२४ को अवसरमा मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

ग्राहक तथा समुदायका सदस्यहरूलाई मध्यनजर गर्दै असोज १३ गते बैंकले बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।

एनएमबि बैंकले वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने भएकाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताएको छ । कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वस्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्न जानकारी गराएका थिए । साथै मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्वबारे स्वास्थ्यकर्मी जानकारी गराए ।

दि फिनान्सियल टाईम्स लण्डनको ‘द ब्यांकर’ पत्रिकाले एसियाकै सर्वोत्कृष्ट ‘बैंक अफदिइयर एसिया’ को उपाधीबा २०१७, २०१८, २०२० र २०२१ मा बैंकले प्राप्त गरेको थियो । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।