सांग्रिला डेभलपमेण्ट बैंकका ऋणीलाई २० प्रतिशत व्याज छुट


सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) का ऋणीहरुले ब्याजमा २० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकले कोभिड–१९ महामारीबाट उक्त डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी)हरूलाई परेको असरको मूल्यांकन गर्दै यस डेभलपमेन्ट बैंकले आफ्ना सेवाग्राही (ऋणी) का लागि साउन महिनाको ब्याज रकममा २०% छुटको आकर्षक योजना ल्याएको जानाएको छ ।

बैंकका सेवाग्राही (ऋणी) महानुभावहरूले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम साउन मसान्तसम्म भुक्तानी गर्दा साउन महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुनेछ ।

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणीहरुलाई हालको एस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटीएममार्फत सेवा दिइरहेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।