कुमारी बैंकले १९ वटा कार्यालय तथा सामग्री बिक्री गर्दै


देव विकास बैंकलाई आफूमा विलय गरेको कुमारी बैंकले विभिन्न स्थानका १९ वटा शाखाहरु स्थानान्तरण पश्चात कार्यालय बिक्री गर्ने भएको छ । बैंकले काठमाण्डौंसहित देशका विभिन्न जिल्लामा रहेका साविकका देव विकास बैंकतर्फका कार्यालयहरु यथास्थितीमा बिक्री गर्न बोलपत्र आह्वान गरेको हो ।

बैंकका अनुसार काठमाण्डौंका जोरपाटी र पुरानो बानेश्वरमा रहेका साविकका देव विकास बैंकका शाखा स्थानान्तरणसँगै यथास्थितीमा कार्यालय बिक्री गर्न लागिएको हो । त्यसै गरी इटहरी, धनगढी, पोखरा, बुटवल, बीरगञ्ज, नेपालगञ्ज, तुलसीपुर, नारायणगढ, कोहलपुर, कुस्मा, महेन्द्रनगर, दाङको नारायणपुर, बर्दियाको भुरीगाउँ, कपिलवस्तुको जीतपुर, सिन्धुपालचोकको मेलम्ची, नवलपरासीको गैंडाकोट, रुपन्देहीको खैरेनीस्थित कार्यालयहरु बिक्रीमा राखिएको हो ।

कार्यालय तथा कार्यालय सामग्री किन्न इच्छुक व्यक्ति, फर्म तथा संस्थाले साउन मसान्तमिभत्र कुमारी बैंकका सबै शाखाहरुमा शिलबन्दी कोटेशन पेश गर्न भनेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।