सिद्धार्थ सामूहिक लगानी कोषका २ योजनाको प्रतिफल घोषणा

0
Shares

सिद्धार्थ सामूहिक लगानी कोषले सञ्चालन गरेका २ योजनाले गत आर्थिक वर्षको नाफावाट इकाइधनीलाई वितरण गर्ने नगद लाभासं घोषणा गरेको छ ।

कोषले सञ्चालन गरेको सिद्धार्थ लगानी वृद्धि योजना २ मा लगानी गरेका इकाइधनीले ५ र सिद्धार्थ इक्यूटी फण्डका इकाइधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने भएको हो । जस अनुसार सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीलाई कर सहित ११ करोड २५ लाख रुपैयाँ तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ६ करोड रुपैयाँ प्रतिफल वितरण गर्नेछ ।  

कोषको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको नाफावाट सिद्धार्थ लगानी वृद्धि योजना २ र सिद्धार्थ इक्यूटी फण्डका इकाइधनीलाई नगद लाभासं दिने निर्णय गरेको सिद्धार्थ क्यापिटलका प्रमूख कार्यकारी अधिकृत धु्रव तिमिल्सीनाले नोटबजारलाई बताए ।

कोषले गत असोज देखि सञ्चालन गरेको सिद्धार्थ ग्रोथ स्किम २ का इकाई धनीलाई योजना सञ्चालन भएको ८ महिनाको अवधिमा नै ५ प्रतिशत लाभासं दिने भएको उनले बताए ।

सिद्धार्थ सामूहिक लगानी कोषले संचालन गरेका सबै कोषहरुले नियमिति रुपमा लगानीकर्तालाई प्रतिफल दिंदै आइरहेका छन् । सिद्धार्थले चार वटा फण्ड संचालन गरेकोमा दुई वटा फण्ड परिपक्क भइसकेका छन् भने हाल दुई वटा संचालनमा छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ साउन २०७७, बिहीबार  १७ : २७ बजे