राजधानीका ५ स्थानमा ७ घण्टाका दरले २ दिन विद्युत कटौती हुने


राजधानीका विभिन्न ५ स्थानमा साउन २३ गते शुक्रबार र २४ गते शनिबार ७ घण्टा विद्युत कटौती हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु रिङरोड फिडरबाट वितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्ने काम गर्नका लागि विभिन्न ५ स्थानमा विद्युत प्रशारण अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले दिएको जानकारी अनुसार टेकु रिङरोड फिडर अन्तर्गत सनराइज टावर अफलोडल, सानेपा रिङरोड बाहिर, बागडोल एरीया आसपास, चाइनिज क्याम्प क्षेत्र र खाद्य गोदाम आसपासमा २ दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति हुने छैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।