बिहीबार झण्डै १५ सय नेपाली स्वदेश फर्किए


बिहीबार विभिन्न मुलुकबाट १ हजार ४६६ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न वायु सेवा प्रदायकहरुको उडानबाट नेपालीहरु स्वदेश फर्किएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानस्थलले दिएको जानकारी अनुसार बिहीबार काठमाण्डौं अवतरण भएका उडान तथा यात्रु संख्या यस्तो छ :

– नेपाल एयरलाइन्सले साउदीको रियादबाट २५९ जना

-मालिन्दो एयरले मलेसियाको क्वालालाम्पुरबाट १७८ जना

-एयर अरेवियाले संयुक्त अरब इमिरेट्सबाट १६८

-एयर अरेबियाले संयुक्त अरब इमिरेट्सबाट दोस्रो उडानबाट १६६

-हिमालय एयरलाइन्सले कतारको दोहाबाट १५६ जना

-हिमालय एयरलाइन्सले साउदीको दमामबाट १५४ जना

-नेपाल एयरलाइन्सले साउदीको दमामबाट १४४ जना

-टर्किस एयरले पाकिस्तानको इस्तानबुलबाट ७६ जना 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।