झुर ओपनिङ गरेको नेप्सेको उत्साहप्रद क्लोजिङ, वित्तीय विवरणपछि नेपाल बैंकमा आकर्षण

0
Shares

आइतबार बजार खुलेको केहिबेरमा दोहोरो अंकले ओरालो लागेको नेप्से बजार बन्द हुने समयसम्म दोहोरो अंकले उकालो लागेर बन्द भएको छ । दिनभर उतार-चढाव कायम रहेको नेप्से ११.३० अंकले बढेर १३९२.६८ अंकमा उक्लिएको छ ।

यसदिन १८७ कम्पनीको ९१ करोड १६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको कारोबार भएको छ ।

अजोडको कूल ९ करोड २० लाख बराबरको किनबेच भयो । बजारमा होटल उप-समूह बाहेक कारोबारमा आएका सबै उप-समूहमा हरियाली छाएको छ।

जीवन बीमा सबैभन्दा बढी १२९ र निर्जीवन बीमा १०३ अंकले उकालो लागेका छन्। होटल भने २७ अंकले घटेको छ।

यसदिन अजोड इन्स्योरेन्स र साधना लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेपाल बैंकको शेयर मूल्य पनि ६.४८ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ६३ रुपैयाँ पुगेको छ ।

बैंकले आज मात्रै गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको थियो । गणपति माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ३.८५ प्रतिशतले घटेको छ ।

Index Current Points Change % Change  
NEPSE 1,392.68 11.3 0.82  
Sensitive 291.02 1.46 0.5  
Float 97.54 0.83 0.86  
Sen. Float 95.58 0.42 0.44  
 
Sub-Indices Current Points Change % Change  
Banking 1,187.83 7.92 0.67  
Trading 843.92 11.88 1.43  
Hotels 1,496.46 27.47 1.8  
Development Bank 1,746.27 7.67 0.44  
HydroPower 946.88 3.05 0.32  
Finance 661.39 7.11 1.09  
No Life Insurance 6,410.35 103.48 1.64  
Manu. & Pro. 2,707.94 15.27 0.57  
Others 804.45 9.56 1.2  
Microfinance 2,362.33 14.58 0.62  
Life Insurance 8,409.29 129.56 1.56  
Mutual Fund 10.61 0.21 2.02  
 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ श्रावण २०७७, आइतबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।