ग्लोबल पब्लिक स्कुलकी रितिकाले ल्याइन् ४ जीपीए

0
Shares

ग्लोबल पब्लिक स्कुल पेप्सीकोलाबाट एसईइ दिएकी रितिका अधिकारीले ४ जीपीए ल्याएकी छन् ।

चार कक्षादेखि ग्लोबलमा पढ्दै आएकी रितिका लगनशील एवं मेहनती छात्रा रहेको प्रिन्सिपल मातृका कार्कीले जानकारी दिए । प्रिन्सिपल कार्कीले रितिकाको नतिजाले विद्यालय परिवारलाई नै हर्षित बनाई थप उर्जा प्राप्त भएको बताए । ‘उनी पढाईमा मात्र नभई अतिरित्त कृयाकलपामा समेत उत्तिकै अब्बल थिइन्, कार्कीले भने ।

एसईइ मा ४ जीपीए ल्याएकी रितिकाले आफूले सोचेअनुसारको नतिजा आएकोे बताइन्। ‘भविष्यमा डाक्टर बन्ने चाहना छ,’ उनले भनिन् ‘नतिजाले खुसी लागेको छ। अझ मिहिनेत गरी पढ्छु । साथै उनले विज्ञान र गणित मात्र नभई सबै बिषयलाई उत्तिकै ध्यान दिएर पढ्नुपर्ने सुझाब दिईन । परीक्षामा मात्र पढ्ने बानीले सफलता पाउन नसकिने उनको बुझाई छ ।

रितिका कक्षा ५ देखि नै प्रथम हुँदै आएकी थिईन । रितिकाले सबै विषयमा ए प्लस ल्याएर ४ जीपीए प्राप्त गरेकी हुन् । उनको सिम्बोल नम्बर ०३०४९५८’ डि’ रहेको छ ।

रितिकाका बुबा टंक बहादुर अधिकारी वैदेशिक रोजगारीमा अफगानिस्तानमा रहेका छन् भने आमा यम कुमारी श्रेष्ठ गृहणी हुन् । ‘छोरीले राम्रो नतिजा ल्याउदा खुसी लागेको यम कुमारी श्रेष्ठले बताइन् । छोरीले आफ्नो इच्छा र रुची अनुसारको बिषय पढोस भन्ने चाहना छ’, श्रेष्ठले भनीन् ।

ग्लोबल स्कूलबाट यस वर्ष ५७ जना विधार्थी एसइइ परीक्षामा सहभागी थिए । जसमध्ये एक जनाले ४ जीपिए, ६ जनाले ३.९५ जीपीए सहित ३५ जना बिधार्थीले ए प्लस, १६ जनाले ए र ५ जनाले बि प्लस ल्याएको प्रिन्सिपल कार्कीले जानकारी दिए ।