सानिमा लाइफ इन्स्योरेन्सको बीमाकोष ३२६ प्रतिशतले बढ्यो, खुद नाफामा भने संकुचन

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स (SALICL) ले गत आर्थिक वर्षमा बीमाकोषको आकार ३२६.७४ प्रतिशतले वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको जीवन बीमा कोषको आकार २२ करोड २८ लाखबाट ९५ करोड ८ लाख पुगेको हो।

खुद बीमाशुल्कको आकार ९८.४३ प्रतिशतले बढाएको कम्पनीको खुद नाफामा भने ४.१८ प्रतिशतको संकुचन देखा परेको छ। असार मसान्तसम्म कम्पनीले ८२ करोड ९३ लाख १३ हजार रुपैयाँ खुद बीमा शुल्क र ८ करोड ५३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

इन्स्योरेन्सको यो नाफा बीमांकीय मूल्यांकन अघिको हो। जीवन बीमा कम्पनीहरुको हकमा नाफाको निर्धारण लेखा परिक्षणको क्रममा हुने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हुने गर्दछ। बीमांकीय मूल्याङकनपछि मात्र वास्तविक खुद नाफा निर्धारण हुनेछ । बीमाङ्कीय मूल्याङ्कनको क्रममा कम जोखिम देखिए नाफा बढ्नेछ भने बढी जोखिम देखिए नाफा अझै घट्न सक्ने हुन्छ 

अघिल्लो आवमा कम्पनीले ४१ करोड ७९ लाख ३७ हजार रुपैयाँ खुद बीमा शुल्क र ८ करोड ९१ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आवको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सको जगेडा कोषमा १२ करोड २० लाख रुपैयाँ र महाविपत्ति कोषमा १ करोड ३४ लाख ३१ हजार रुपैयाँ संचित छ । समीइाा अवधिमा जगेडा कोष १५.४८ प्रतिशत र महाविपत्ति कोष ११.९१ प्रतिशतले घटेको हो।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६.०९ रुपैयाँ रहेको छ। सर्वसाधारणमा ६० करोडको प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम २ अर्ब पुग्नेछ।

Particulars
Sanima life insurance Company limited (Rs in ‘000)
Q4, 2076/2077 Q4,2075/2076 Difference
Paid-up Capital 1,400,000.00 1,400,000.00 0
Reserves & Surplus 122,003.97 144,344.26 -15.48%
Life insurance Fund 950,884.31 222,826.69 326.74%
Contingent Fund 13,431.68 15,248.15 -11.91%
Net Profit 85,384.37 89,107.91 -4.18%
EPS (Rs.) 6.09 6.36 -4.25%
Net worth per share (Rs.) 108.71 110.31 -1.45%
Net Premium 829,313.08 417,937.90 98.43%
Income from investment, loan, and others 75,403.04 29,120.47 158.93%
Claim Payment (Net) 7,626.93 4,396.56 73.47%
Agent Commission 154,358.61 99,852.21 54.59%
Transferred to a life insurance fund 540,301.26 171,664.42 214.74%
No. of Policies 27,218 2884 843.76

 

सानिमा लाइफले हालसम्म १ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवमा मात्रै कम्पनीले ८३ करोड ८७ लाख कूल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले कुल २७ हजार २१८ बीमालेख जारी गरेको छ ।

असार मसान्तसम्ममा इन्स्योरेन्सले २९ वटा दाबीबापत १ करोड २० लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको छ भने कुनैपनि दाबी भुक्तानी बाँकी देखिएको छैन।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।