प्रभु बैंकलाई पाँच मुलुकमा सम्पर्क कार्यालय खोल्न शैद्धान्तिक सहमति


प्रभु बैंकले विभिन्न ५ देशमा सम्पर्क कार्यालय खोल्न सैद्धान्तिक सहमती पाएको छ । बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको हो । 

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क कार्यालयबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्नेछ । 

हालसम्म बैंकले १ सय ८६ शाखा कार्यालय, १ सय ३९ एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा दिदै आएको छ । बैंकबाट करिव १२ लाख भन्दा बढि ग्राहकले बैंकिङ्ग कारोबार गर्दै आएका छन् ।