स्विच अन रिटेलको पाँचौँ शोरुम वीरगन्जको माईस्थान चोकमा


घरायसी इलेक्ट्रोनिक्स सामान र मोबाइल फोनहरूको अग्रणी विक्रेता स्विच अन रिटेलले आज आफ्नो पाँचौं शोरुमको उद्घाटन गरेको छ ।

उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि बिरगंज नगरपालिकाका मेयर राजेश मान सिंह र स्विच अन रिटेल प्रालिका प्रबन्ध निर्देशक सीमा गोल्छाद्वारा गरिएको हो । जसमा वडा अदक्ष्य जय प्रकाश अग्रवालको पनि कार्यक्रममा उपस्थीती थियो ।

बिगत पाँच वर्षदेखि, स्विच अनले मोबाइल फोन, टिभी, रेफ्रिजरेटर, वाशिंग मेसिन, एयर कन्डिसनर, र विभिन्न अन्य घरायसी विद्युतीय उपकरणहरू किन्नको लागि विश्वासिलो गन्तव्यको रूपमा आफ्नो प्रतिष्ठा कायम गरेको छ ।

शोरुमहरूले ग्राहकहरूको सुविधाका लागि किस्ताबन्दी सुविधा र एक्सचेन्ज कार्यक्रम पनि प्रदान गर्छ, जसले ग्राहकहरूलाई पुराना उपकरणहरू नयाँसँग साट्न सहजता प्रदान गर्छ । स्विच अन रिटेलले हाल काठमाडौं उपत्यका भित्र नक्शाल, न्युरोड, र भक्तपुर गट्ठाघर गरी तीन शोरुम र उपत्यका बाहिर नेपालगञ्ज समेत गरी चार शोरुम सञ्चालन गरीरहेको छ ।

सीमा गोल्छाले कम्पनीले गुणस्तरीय इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध गराउँदै ग्राहक सेवाहरु जस्तै किस्ताबन्दी, एक्सचेन्ज कार्यक्रमहरु सहितको सेवा बिरगंज क्षेत्रमा पनि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सीमा गोल्छाले किस्ताबन्दी योजनाको सहजताबारे जानकारी दिदैं भनिन्, “हाम्रो किस्ताबन्दी योजना ग्राहकमैत्री र सजिलो छ । यसमा ब्याज वा सेवा शुल्क लाग्दैन र यो योग्य ग्राहकहरूका किस्ताबन्दी प्रक्रिया ३० मिनेट भित्रै पूरा गर्ने हाम्रो प्रतिबद्धता छ ।” स्विच अन शोरुमहरूमा सामसङ, हिमस्टार, ग्लान्ज, अहुजा जस्ता प्रसिद्ध ब्रान्डका सामानहरू उपलब्ध छन् ।

प्रकाशित मिति: ९ कात्तिक २०८१, शुक्रबार  १२ : ०२ बजे