विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन


धनुषा । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुलाई क्ष्यापिटलले कात्तिक ८ र ९ गते तालिम प्रदान गरेको हो ।

उक्त कार्यक्रममा पूजीं बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु पूर्व ध्यान दिनु पर्ने कुराहरु, बजारमा उपलब्ध लगानीका उपकरणहरु तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रशिक्षण दिइएको हो ।

साथै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग — आस्बा, सिआस्बा, मेरो शेयर एप तथा आईपिओ भर्दा ध्यान दिनुपर्ने विषयमा प्रभु क्यापिटलका डका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले प्रकाश पारेका थिए । साथै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाईदा तथा जोखिम सम्बन्धी विषयमा पनि छलफल भएको हो ।

कार्यक्रममा दुई कलेजका करिब ९० जना विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुको सहभागिता थियो । सहभागीहरुले तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय—समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह धीतोपत्र आयोगको अन्तराष्ट्रिय संगठन (आईओएससीओ)को आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।

प्रकाशित मिति: ११ कात्तिक २०८१, आइतबार  १२ : ३७ बजे