एनएमबि लघुवित्तले कोरोना कोषमा जम्मा गर्यो साढे १३ लाख बढी रकम


कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १३ लाख ६२ हजार ६० रुपैयाँ सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोषमा २०७७ असार मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय भए बमोजिम कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरिएको लघुवित्तले जनाएको छ ।

कोभिड-१९ संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरुको उपचारमा सहयोग रहमले सहयोग पुुग्ने विश्वास लघुवित्तले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।